२०८१ मंसिर ९, आइतवार , ०८:३२:१५ बजे

Sajhamanch
'

अर्जेन्टिनी फुटबलर एन्जेल डी मारिया अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिँदै

शुक्रवार, असार २८, २०८१

झापा । अर्जेन्टिनाका एन्जेल डी मारियाले आउँदो सोमवार बिहान हुने कोपा अमेरिकाको फाइनल खेलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने भएका छन् ।

फ्लोरिडाको मियामी गार्डेन्समा हुने फाइनलमा कोलम्बियासँगको खेलपछि ३६ वर्षीय डी मारियाले सन्यास लिने भएका हुन् । उनले सन् २००८ मा अर्जेन्टिनी टोलीबाट खेल्न शुरु गरेका थिए ।

मारियाले १४४ खेलमा ३१ गोल गरेका छन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्यास लिन चाहेको उनले बताएका छन् ।

अर्जेन्टिनालाई दोस्रोपटक विश्वकप र १५ औँ पटक कोपा अमेरिकाको उपाधि जिताउन कप्तान लिओनल मेसीसँगै डी मारियाले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सम्बन्धित खबर