२०८१ कार्तिक ४, आइतवार , ०६:१८:५६ बजे

Sajhamanch
'

नारायणगढ-मुग्लिन सडकमा ढुंगाले लागेर बस चालकको मृत्यु

शुक्रवार, असार २८, २०८१

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

शुक्रवार, असार २८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर