२०८१ कार्तिक ४, आइतवार , ०३:३३:५२ बजे

Sajhamanch
'

कुखुरा फर्म सञ्चालकको हत्यामा संलग्न भनिएका दुईजना पक्राउ

शुक्रवार, असार २८, २०८१

विराटनगर । मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी न.पा.वडा नम्बर ४ हाटखोला घर भई बजगाईँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेका छन् ।

सुन्दरहरैचा- १ कुमार गाउँ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका सञ्चालक बजगाईँको बिहीबार बिहान शव फेला परेको थियो ।

कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यद्यपि दुवैजना फरार थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले दुवै जनालाई सुनसरी धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेस्टहाउसबाट बिहीबार साढे ७ बजेतिर पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नै सो घटना गराएको प्रहरीको दाबी छ । बजगाईँको टाउकोमा दाउ र बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर