२०८१ कार्तिक ४, आइतवार , ०६:१८:५५ बजे

Sajhamanch
'

विराटनगरको फ्रेन्स होटलमा व्यापारीको शव भेटियो

शुक्रवार, असार २८, २०८१

विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना व्यापारी मृत भेटिएका छन् ।

रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किराना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो । परिवारका आफन्तहरूले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् ।

व्यापारी साह सो होटलमा बिहीबार दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरको कोठामा बसेका थिए ।

शुक्रवार, असार २८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर