२०८१ कार्तिक ४, आइतवार , ११:१७:०५ बजे

Sajhamanch
'

राष्ट्रियसभा बैठक स्थगित गरिएकोमा कांग्रेस-एमालेसहित चार दलको आपत्ति

बिहिवार, असार २७, २०८१

काठमाडौं । बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति चार दलले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमतिको बाबजूद अचानक बैठक स्थगित भएको बताएका छन् ।

राष्ट्रियसभाले विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानूनीअधिकार समेत हनन भएको उनीहरूको ठम्म्याइ छ । विज्ञप्तिमा एमाले प्रमुख सचेतक भगवती न्यौपाने, कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा संसदीय दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपा संसदीय दलका नेता शेखरकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विद्येयक २०८१, भन्सार महशुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै स्थगित गरिएको ती दलको दाबी छ ।

यद्यपि राष्ट्रियसभा अध्यक्षको सचिवालयले भने राष्ट्रिय सभा नियमावलीको व्यवस्थाअनुसार बैठक स्थगित नै गर्नुपर्ने अवस्था आएका कारण स्थगित गरिएको जनाएको छ ।

सम्बन्धित खबर