२०८१ माघ १३, आइतवार , ०३:०६:५९ बजे

Sajhamanch
'

शेयर बजार १ वर्षपछि २२ सय विन्दुमाथि, कारोबार रकम ७ अर्ब रुपैयाँ नाघ्यो

बिहिवार, असार २७, २०८१

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले बढेर २ हजार २०४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै १ वर्षपछि २२ सय विन्दुमा पुगेको हो । यसअघि गएको वर्षको साउन ७ गते नेप्से २ हजार २२७ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्ट घटेर २ हजार २०० विन्दुमा आइपुगेको शेयर बजार त्यसयता २२ विन्दुमा पुग्न सकेको थिएन ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समाज लघुवित्त कम्पनीको शेयर भने साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेर झन्डै ५ महिनापछिकै उच्च भएको छ । आज ३३१ वटा कम्पनीको २ हजार २ लाख कित्ता शेयर ७ अर्ब ८० लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ ७ गते साढे ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।