२०८१ पौष २४, बुधवार , ०४:५०:४५ बजे

Sajhamanch
'

३२ क्विन्टल सुन तस्करी प्रकरण : धरौटी नबुझाएपछि ३ जना पनि कारागार चलान

बिहिवार, असार २७, २०८१

काठमाडौं । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका छन् ।

अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरुलाई कारागार पठाइएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौं जिल्ला अदालतले धरौटी माग गरेका राजु खत्री भनिने प्रेमनाथ सेढाई, कान्छा लामा र रुपक भण्डारीलाई पनि कारागार चलान गरिएको हो ।

सेढाईंसँग ५७ लाख, लामा र भण्डारीलाई जनही ९७ लाख रुपैयाँ धरौटी माग भएको थियो । तर, धरौटी नुबझाएकाले उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको एसपी बोगटीले बताए ।

करीब ६१ किलो सुन तस्करीको अनुसन्धान गर्दा ३२ क्विन्टल सुन तस्करी भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको बुधवारको इजलासले पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

सम्बन्धित खबर