२०८१ कार्तिक ४, आइतवार , ०२:०७:३५ बजे

Sajhamanch
'

भालुको आक्रमणबाट महिला घाइते

बिहिवार, असार २७, २०८१

दाङ । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। लमही नगरपालिका–६ देउपुर छोट्की महराकी ४७ वर्षीया शोवारी घर्ती मगर घाइते भएकी छन्।

बिहीबार बिहान ५ बजेतिर कर्री सामुदायिक वनमा च्याउ खोज्न भनेर गएकी उनलाई भालुले आक्रमण गरी घाइते बनाएको वडा प्रहरी कार्यालय लामहीका प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

घाइते मगरको लमही अस्पतालमा प्रारम्भिक उपचार पछि बिहान सवा ६ बजेतिर थप उपचारका लागि बुटवल रिफर गरिएको छ। भालुको आक्रमणबाट मगरको अनुहार र टाउकोमा चोट लागेको प्रहरी निरीक्षक भुसालले बताए।

मगर अर्की एक महिलासँगै बिहानै नजिकैको जंगलमा च्याउ खोज्न गएकी थिइन्। त्यही क्रममा भालुले मगरलाई आक्रमण गरेको थियो। आक्रमणबाट चोट लागेपछि उनी फुत्किएर भागेकी थिइन्।

वनमा यही हप्ता मात्रै दाङको तुलसीपुर–९ स्थित सामुदायिक च्याउ खोज्न गएका तीन महिला बाघको आक्रमणबाट घाइते भएका थिए।

सम्बन्धित खबर