
काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् ।
बुधवार पत्रकार सम्मेलन गरेर उनले अर्यालले पार्टीभित्र गरेको आर्थिक अनियमितताका कतिपय घटनामा आफूलाई अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।
“आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ” उनले भने, “यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन ।”
ढकालले रवि लामिछानेको क्लबबाट मुक्त गर्दै पार्टी बनाउन सहयोग गर्न आग्रह गरे ।