२०८१ पौष २६, शुक्रवार , ०३:४१:४१ बजे

Sajhamanch
'

महिला एसिया कपको अभ्यास खेल : नेपाली टोलीको लगातार दोस्रो हार

बुधवार, असार २६, २०८१

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधवार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ४ विकेटले पराजित भएको हो । दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

नेपालका लागि कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपाली टोलीका लागि कप्तान ईन्दू बर्माले पनि ४३ बलमा २८ रन बनाएकी थिइन् ।

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीले भने १९.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो । श्रीलंकाली टोलीको जीतमा एन. सेनारत्नेले ३७ बलमा २७ रनको योगदान गरिन् ।

एस. सन्दीपानीले पनि २१ बलमा १९ रन बनाइन् । नेपाली टोलीकी बलर सबनम राई र कविता जोशीले एक–एक विकेट लिए । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो हार हो ।

यसअघि मंगलवार खेलिएको पहिलो अभ्यास खेलमा नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो ।

त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

सम्बन्धित खबर