२०८१ कार्तिक ४, आइतवार , ०७:४८:५० बजे

Sajhamanch
'

शेयर बजार आज दोहोरो अङ्कले बढ्यो

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५ दशमलव ७९ अङ्कले बढेको हो । आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर २ हजार १५२ दशमलव १४ विन्दुमा पुगेको हो ।

आज ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबार भएको छ । गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक ५ दशमलव ४७ प्रतिशत गुमाएका छन् । नेपाल फाइनान्सको सेयर ४ प्रतिशतले घटेको छ । हिजो चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सम्बन्धित खबर