२०८१ कार्तिक ४, आइतवार , ०७:२२:११ बजे

Sajhamanch
'

इलाम र पाँचथर जोड्ने फाल्गुनन्द सडक अवरुद्ध

मङ्गलवार, असार २५, २०८१

झापा । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन् ।

माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन एक्स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रूपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए ।

मङ्गलवार, असार २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर