२०८१ कार्तिक ४, आइतवार , ०६:१८:४७ बजे

Sajhamanch
'

एमालेको सचिवालय बैठक स्थगित

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।

‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ः०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।