२०८१ कार्तिक ४, आइतवार , ०९:२३:१९ बजे

Sajhamanch
'

काभा २० वर्ष मुनिको महिला भलिबल जुलाई १८ देखि, नेपालको पहिलो खेल श्रीलङ्कासँग

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । काभा २० वर्ष मुनिको महिला भलिबल प्रतियोगिता २०२४ को खेल तालिका सार्वजनिक भएको छ । काभाले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता माल्दिभ्सको मालेमा जुलाई १८ अर्थात साउन ३ गतेदेखि जुलाई २० अर्थात साउन ५ गतेसम्म हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा साउन ३ मा श्रीलङ्कासँग खेल्ने छ । ४ गते कीर्गिस्तानसँग खेल्ने छ । ५ गतेको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेल्ने तालिका छ । प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा खेलाइने छ । यो प्रतियोगितामा भाग लिन नेपाली टोली साउन १ गते माल्दिभ्स जाने भएको छ ।

सम्बन्धित खबर