२०८१ कार्तिक ४, आइतवार , ०८:३५:५० बजे

Sajhamanch
'

झापा एफसीका अध्यक्ष खड्काद्वारा १४ विद्यार्थीको अभिभावकत्व ग्रहण

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड। नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाको बाह्रदशीमा रहेको आफूले अध्ययन गरेको एक विद्यालयका १४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

कतारमा फूलको व्यवसाय गर्दै आएका खड्काले लीलामाया खड्का आदर्श फाउन्डेसनमार्फत राजगढमा रहेको पशुपति माविमा अध्ययनरत १४ जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खड्काको परिवारले १४ जना विद्यार्थीलाई कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्नेगरी अभिभावकत्व लिएको विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले जानकारी दिए ।

खड्काले कक्षा १ देखि ८ सम्म पढ्ने दलित, आदिवासी, सीमान्तकृत तथा विपन्न विद्यार्थीको अध्ययनमा सहयोग गर्नेछन् । उनले ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरे ।

सम्बन्धित खबर