२०८१ कार्तिक ४, आइतवार , ०६:५४:४७ बजे

Sajhamanch
'

मनसुनको कहर : ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।

बाढीपहिराका कारण ३८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, ५९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार ७०० बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर