२०८१ कार्तिक ४, आइतवार , ०८:४६:३६ बजे

Sajhamanch
'

पहिरोमा परी एकको मृत्यु, तीन घाइते

मङ्गलवार, असार २५, २०८१

झापा । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं. १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।

मङ्गलवार, असार २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर