२०८१ कार्तिक ४, आइतवार , ०६:३२:०८ बजे

Sajhamanch
'

भद्रपुरको पृथ्वीनगरमा जंगली हात्तीले कोदो-चामल खादै घर भत्कायो

मङ्गलवार, असार २५, २०८१

झापा । भद्रपुरस्थित पृथ्वीनगरमा जङ्गली हात्तीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति १२ः३० बजे भद्रपुर नगरपालिका-१ रिमझिम टोलमा एउटा जङ्गली हात्तीले सोही ठाउँका गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० केजी चामल, ८० केजी कोदो खाई अन्दाजी २५ हजार रुपैयाँ बराबरको क्षति गरेको छ ।

त्यस्तै तुलसी चौकका डम्बरबहादुर थापा क्षेत्रीको इँटाको वाल जस्ताको छानो भएको एक तले भुईँ घरको पश्चिम साइडको वाल भत्काएको र जस्ताको छानो भएको घर भत्काउँदा ४० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।