२०८१ कार्तिक ४, आइतवार , ०६:४८:५८ बजे

Sajhamanch
'

पाल्पामा एक महिला मृत फेला

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् ।

सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनी सोमबार बेलुकी ७ः३० बजे मृत फेला परेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

मङ्गलवार, असार २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर