२०८१ साउन ६, आइतवार , ०८:३१:३९ बजे

Sajhamanch
'

चार दिनमा ५१ जना थपिए डेंगु सङ्क्रमित

मङ्गलवार, असार २५, २०८१

काठमाडौँ । देशभरमा ५१ जना डेंगुका नयाँ सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई ३ देखि ७) को अवधिमा ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई ३ मा १ हजार ४३२ डेंगु बिरामी थिए ।

हालसम्म देशभर ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित छ ।

सम्बन्धित खबर