२०८१ पौष २६, शुक्रवार , ०५:४४:२१ बजे

Sajhamanch
'

संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

सोमवार, असार २४, २०८१

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यौनजन्य हिंसाहरूलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए ।

अध्यक्ष मगरले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरूरी रहेको बताए । उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सबै पक्ष क्रियाशील भई काम गर्न जरूरी रहेको बताए ।

सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भई काम गरेमात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने अध्यक्ष मगरको भनाई थियो । उनले सरकारलाई आयोगले गरेको सिफारिश कार्यान्वयन गर्न आग्रह गरे ।

सो अवसरमा आयोगले संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो ।

सम्बन्धित खबर