२०८१ पौष २४, बुधवार , ०८:०९:३६ बजे

Sajhamanch
'

कानून व्यवसायीले ड्युटीको प्रहरीलाई हातपात गरेको आरोप

सोमवार, असार २४, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई एक जना कानून व्यवसायीले हातपात गरेको आरोप छ ।

अधिवक्ता नानु थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई हातपात गरेकी हुन् । पार्किङ तर्फको गेटमा सेवाग्राहीलाई सँगै लिएर निस्कन खोज्दा छिनालले उनलाई रोकेका थिए ।

आफूलाई रोकेपछि अधिवक्ता थापाले थप्पड हानेको सीसीटिभी फुटेजमा देखिन्छ । पार्किङको गेटबाट कानून व्यवसायीले मात्र आवतजावत गर्न पाउँछन्, सेवाग्राहीलाई साथमा लान पाइँदैन ।

आइतवार गेटमा विवाद भएपछि दुवैजना श्रेस्तेदार रामु शर्माकहाँ उपस्थित भएका थिए । शर्माले कानूनी उपचारमा जान भनेपछि दुवैले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।

यता, प्रहरी कर्मचारीले आफूलाई पनि आक्रमण गरेको अधिवक्ता थापाले दिएको निवेदनमा उल्लेख छ । सीसीटिभी फुटेज हेर्दा अधिवक्ता थापाले आक्रमण गरेपछि प्रहरी कर्मचारीले प्रतिकार गरेको जस्तो देखिएको जिल्ला अदालतका एक जना अधिकृतले बताए ।

सम्बन्धित खबर