काठमाडौं । नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् ।
सोमवारको प्रतिनिधिसभा बैठकमा उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन् । सांसद गौतमले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन् ।
उनले गत वर्षका पीडितलाई राहत दिन नसक्दै यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताइन् । सांसद गौतमले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्नेमा जोड दिइन् ।
उनले विपद्का कारण भएको क्षतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।