२०८१ माघ ८, मङ्गलवार , ०१:३२:४३ बजे

Sajhamanch
'

महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए

सोमवार, असार २४, २०८१

धनगढी । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका हुन् । उनकाअनुसार शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् ।

महाकाली नदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ ।

यसैबीच जगबुढा नदी थुनिएपछि दोधाराचाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी थुनिदा भंगालोमा फसेका ४० परिवारका १०० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर