२०८१ कार्तिक ५, सोमवार , १०:२३:४७ बजे

Sajhamanch
'

पछिल्लो १२ घण्टामा हनुमाननगरमा ४१५ मिलिमिटर पानी पर्‍यो, महाकाली नदी खतराको तहमा

सोमवार, असार २४, २०८१

काठमाडौं । गएराति कञ्चनपुर, डडेल्धुरा, कैलाली, दाङ, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ४१५, दोधारामा ३७७, डडेल्धुराको साहुखर्कमा ८८ र मकवानपुरको चिसापानीगढीमा ६० मिलिमिटर पानी परेको छ ।

अहिले डडेल्धुराको पारीगाउँ मापन केन्द्रमा महाकाली नदी खतराको तहमा छ । महाकाली नदी तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । यस्तै गुल्मीको रुद्रवेणीमा बडीगाड खोला सर्तकता तह आसपास पुगेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच गएको रातीदेखीि देशैभरि लगातार परिरहेको झरी आजदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हिजो दिउँसो विशेष मौसम बुलेटिन निकालेर आजदेखि क्रमिकरूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ ।

पछिल्ला तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकाले देशैभरि वर्षा भएको थियो । आजदेखि वर्षाको क्रम घटे पनि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित खबर