
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्तलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतवार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
यस्तै, उनको साथबाट स्रोत नखुलेको थप रु. ५० हजारसमेत बरामद गरिएको अख्तियारको भनाई छ ।