२०८१ कार्तिक ४, आइतवार , ०७:५३:५२ बजे

Sajhamanch
'

कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईँलाई नियुक्त गर्न सिफारिस

आइतवार, असार २३, २०८१

विराटनगर । रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई नियुक्त गर्न प्रदेश सरकारले सिफारिस गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्ति गर्न सिफारिस गरेको हो । लामो समय निजामती सेवामा काम गरेका गुरागाईँसँग लोक सेवा आयोगमा काम गरेको अनुभव पनि छ । उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए ।

तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि उनको परिवार मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेका छन् । सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष समयावधि ६ वर्षको हुन्छ । यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश लिएका थिए ।

सम्बन्धित खबर