२०८१ मंसिर १०, सोमवार , ०५:२७:४३ बजे

Sajhamanch
'

नेकपा एसका केन्द्रीय सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मेवारी सचिव र प्रदेश इन्चार्जलाई

आइतवार, असार २३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको छ ।

आइतवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सचिव र प्रदेश इन्चार्जहरुलाई केन्द्रीय सदस्यको ड्राफ्ट तयार पार्ने जिम्मेवारी दिने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बढीमा १० दिनभित्र केन्द्रीय कमिटीको टुंगो लगाउने गरी जिम्मेवारी दिइएको छ ।

खतिवडाले भने, ‘बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिन प्रदेशका यसअघिका इन्चार्जहरुलाई यथावत गरेको छ, अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरुसहित र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरुसहितको परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ ।’

उनले पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेर सन्देश दिन चाहेको बताए ।

सम्बन्धित खबर