२०८१ कार्तिक ५, सोमवार , १२:१७:४३ बजे

Sajhamanch
'

भारत र जिम्बावेबीचको दोस्रो टी–२० क्रिकेट आज

आइतवार, असार २३, २०८१

झापा । भारत र जिम्बावेबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल बेलुका पौने ५ बजे हरारेमा शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा जिम्बावेसँग भारत १३ रनले पराजित भएको थियो । जिम्बावेले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको भारत एक बल बाँकी छँदै एक सय दुई रन बनाउँदा अलआउट भयो । हिजो भारतका रियान पराग, ध्रुव जुरेल र अभिषेक शर्माले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

तीनै जना खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर हिजो भने अभिषेक शर्मा शून्यमै आउट भए । यस्तै रियान परागले दुई र ध्रुव जिरेलले छ रन मात्रै बनाए ।

हिजोको जितसँगै जिम्बावेले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । तेस्रो खेल आउँदो बुधवार, चौथो खेल शनिवार र पाँचौ तथा अन्तिम खेल आउँदो आइतवार हुनेछ ।

सम्बन्धित खबर