२०८१ कार्तिक ४, आइतवार , ११:१६:३९ बजे

Sajhamanch
'

महाकालीमा पानीको बहाव बढ्यो : बनबासा पुलमा ठूला गाडी चलाउन रोक

आइतवार, असार २३, २०८१

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा गाडी चलाउन रोक लगाइएको छ ।

पुलमा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाएको तर साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए।

आज बिहान ७ बजे महाकाली नदीमा पानीको बहाव एक लाख ६४ हजार छ सय ६० क्युसेक मापन गरिएको छ । बनबासा पुलमा ठूला गाडी चलाउन रोक लगाएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित खबर