२०८२ साउन १६, शुक्रवार , ०५:१५:५३ बजे

Sajhamanch
'

प्रतिनिधिसभा बैठक बस्दै

आइतवार, असार २३, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको विनियोजन विधेयक, २०८१ु का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ुपूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०पेस गर्नेछन् ।त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९र२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

सम्बन्धित खबर