२०८१ पौष २७, शनिवार , ०९:३०:४७ बजे

Sajhamanch
'

नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा चिमरिया

शनिवार, असार २२, २०८१

झापा । नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्ला शाखाको दोस्रो सम्मेलन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै आज बिर्तामोडमा सम्पन्न भएको छ ।

दोस्रो सम्मेलनले बिर्तामोडका व्यवसायी नारायणप्रसाद चिमरियाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्ला शाखाका अध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष केदार लामिछानेको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न गरिएको हो ।

सम्मेलनबाट संघको उपाध्यक्षद्वयमा शिवसताक्षीका मोहन सुवेदी र बिर्तामोडका रमेश अधिकारी तथा सचिवमा यामनाथ बिमली चयन भएका छन् ।

यसैगरी कनकाईका मिनाल तिम्सिनालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ भने दमकका कृष्ण तिवारीलाई सहसचिव निर्वाचित गरिएको छ ।

सम्मेलनले झापा गाउँपालिकाका भुवन कार्की, बुद्धशान्तिका सुशिला कट्वाल र बिर्तामोडका निर्मला खरेल ओडारीलाई सदस्यमा सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष पर्वत कार्कीले जानकारी दिए ।

सम्बन्धित खबर