बिर्तामोड । बिर्तामोडमा शनिवारबाट नयाँ प्रविधिको माध्यमबाट पत्रकारिता विषयक दुई दिवशीय प्रशिक्षण शुरु भएको छ ।
सो प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नारी सञ्चार गृह झापाको संयोजनमा प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षण उद्घाटन कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेत, नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापतिहरु माधव विद्रोही, कृष्ण हुमागाईं लगायतले शुभकामना व्यक्त गरे ।
काउन्सिल सदस्य गणेश पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले गरेकी थिइन् ।
सो अवसरमा सहभागी सबैलाई गृहकी पूर्वअध्यक्ष भीमा शिवाकोटीले शाब्दिक स्वागत गरेकी थिइन् । उक्त तालिम अन्तर्गत पहिलो सत्रको सहजीकरण सञ्चारकर्मी लीला भट्टराई र नसना बज्राचार्यले गरेका थिए ।
झापा, मोरङ, इलाम, पाँचथर, सुनसरी लगायत जिल्लाका प्रशिक्षार्थी सहभागी प्रशिक्षण आइतवार समापन हुँदैछ ।