२०८२ साउन १६, शुक्रवार , ०१:५१:५९ बजे

Sajhamanch
'

पत्रकार महासंघको चुनाव फेरि पनि स्थगित

शनिवार, असार २२, २०८१

काठमाण्डौ। नेपाल पत्रकार महासंघको चुनाव फेरि स्थगित भएको छ । हिजो महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित चुनाव स्थगित भएको जनाएको हो ।चुनाव गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा चुनावी कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ । महासंघले यसअघि जेठ २६ गतेका लागि चुनावको मिति तय गरेकोमा त्यो स्थगित गर्दै आजका लागि तोकेको थियो ।

सम्बन्धित खबर