बिर्तामोड । बिर्तामोड नगरपालिकाको २ नम्बर वडा कार्यालयले वडाभित्र सञ्चालित विद्यालयलाई खेलकुद सामग्री र बाल क्लबको ब्यानर प्रदान गरेको छ ।
उक्त वडाका अध्यक्ष किशोरकुमार पौडेलले वडाका सामुदायिक तथा संस्थागत विद्यालयमा गठित बाल क्लबलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
बालमैत्री कार्यक्रम अन्तर्गत बालबालिकालाई खेलकुदतर्फ प्रेरित गर्ने उद्देश्यले शुक्रवार उक्त सामग्री प्रदान गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिए ।
वडाका पञ्चरत्न मावि, वीर अमरसिंह मावि, देवकुल, बालकल्याण, मोहनमाया, साङ्वेद र निदि माविका बालबालिकाले ती सामाग्री पाएका हुन् ।
वडा सचिव हिमा पोखरेलका अनुसार बालबालिकालाई फुटबल, भलिबल, ब्याटमिन्टन, चेस लगायतका सामग्री वितरण गरिएको हो ।
सो अवसरमा कार्यपालिका सदस्य तिला गौतम, सदस्य ओमनाथ गौतम, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, सामाजिक अभियन्ता माधव खरेल, रोहित राई लगायतको उपस्थिति थियो ।
त्यसक्रममा उनीहरुले साङ्वेद विद्यालयबाट यस वर्षको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए ।