२०८१ कार्तिक ५, सोमवार , ०२:०१:३९ बजे

Sajhamanch
'

एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ । सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता गङ्गालाल तुलाधरले प्रस्तावहरू पढेर हलमा सुनाएका थिए ।

‘नेकपा एकीकृत समाजवादीले समीकरण परिवर्तन गर्दै सैद्धान्तिक आधारविना सत्ता स्वार्थका लागि जोसँग र जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ’, एकीकृत समाजवादीले भनेको छ, ‘वर्ग संर्घषलाई सहि दिशा र गति दिन तथा समाजवादी क्रान्तिका वापन्थीहरुबिच बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै कम्युनिस्ट शक्तिलाई आह्वान गर्दछ ।’

त्यस्तै भ्रष्टाचार नियन्त्रण, सहकारी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर