२०८१ कार्तिक ५, सोमवार , १०:२३:४४ बजे

Sajhamanch
'

एकीकृत समाजवादीका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

शुक्रवार, असार २१, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शुक्रबार शपथ लिएका हुन् ।

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल बिहीबार सर्वसम्मत चयन भएका थिए । यस्तै शुक्रबार ९३ जना केन्द्रीय कार्यसमिति सदस्यको घोषणा गरिएको छ ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको शनिबार टुंग्याउने नेता राजेन्द्र पाण्डेले बताए । एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानमा व्यवस्था गरेको छ ।

सम्बन्धित खबर