२०८१ मंसिर १३, बिहिवार , ०३:३८:५५ बजे

Sajhamanch
'

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं : प्रधानमन्त्री

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा उनले सो कुरा बताएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए ।

सम्बन्धित खबर