
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेको छ ।
कमलादीस्थित प्रज्ञा भवनको दशौं राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो । एकीकृत समाजवादीको विधानमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने व्यवस्था छ ।
यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।