२०८१ कार्तिक ५, सोमवार , १०:२६:५० बजे

Sajhamanch
'

वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । आज महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताए ।

उनले पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए । उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ । पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ ।’

अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको बताए ।

सम्बन्धित खबर