
बिर्तामोड । झापाको बिर्तामोडमा हात्तीले एउटा घरमा क्षति पुर्याएको छ ।
दुई वटा जङ्गली हात्तीले शुक्रबार राति करिब २ बजे बिर्तामोड नगरपालिका–७ खालबाडीका स्थानीय टंकबहादुर जोगीको बासको टाटी बेरा टिनको छानो भएको एक तल्ले कच्ची भान्छा घर भत्काएको छ ।
हात्तीले भान्छाभित्र रहेको धान, चामल, गहुँ, पिठो लगायतका अन्नपात खाँदा करिब एक लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।