२०८१ कार्तिक ५, सोमवार , १०:२३:४० बजे

Sajhamanch
'

एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा : ओली

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन् ।

हिजो रुपन्देहीमा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले यस्तो घोषणा गरेका हुन । अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षा अनलाइनमार्फत उपलब्ध गराइने उनले बताए।

उनले काठमाडौबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिने र अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह पनि गरे। फेसबुक पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोड्ने व्यवस्था गरिने उनको भनाइ छ ।

सम्बन्धित खबर