२०८१ कार्तिक ५, सोमवार , ०९:१८:२४ बजे

Sajhamanch
'

शेयर बजार दोहोरो अङ्कले बढ्दा साढे ६ अर्ब रुपैयाँको कारोबार

बिहिवार, असार २०, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४६ अङ्कले बढेर २ हजार ११९ दशमलव ६९ विन्दुमा झरेको छ ।

आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज आँखु खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३१३ वटा कम्पनीका २ करोड २१ लाख कित्ता शेयर ६ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सम्बन्धित खबर