२०८१ कार्तिक ५, सोमवार , ०९:१८:२३ बजे

Sajhamanch
'

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिहिवार, असार २०, २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार बैठकमा असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमतिमाथि छलफल हुनेछ । असार १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । दलको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने लेखकले बताए ।

असार २३ मा बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कांग्रेस र एमालेको बुझाइ छ । तर, प्रधानमन्त्री प्रचण्डले संविधानले दिएको संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताइरहेका छन् ।

सम्बन्धित खबर