२०८१ कार्तिक ६, मङ्गलवार , ११:००:१२ बजे

Sajhamanch
'

टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै

बिहिवार, असार २०, २०८१

झापा । टी–२० विश्वकप विजेता भारतीय टोलीलाई आज मुम्बईमा भव्य स्वागत गरिने भएको छ । विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई आज विजयी र्‍याली गराउने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म विजय उत्सव मनाउँदै र्‍यालीमा सहभागी गराइने छ ।

वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पूर्णरूपमा बन्द भएको थियो ।

सम्बन्धित खबर