
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड ४ नं. वडा कमिटीको सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वलाई सपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको छ ।
बुधबार जिल्ला पार्टी कार्यायलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बिर्तामोड नगर इन्चार्ज गीता अधिकारीले पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराएकी हुन् ।
अध्यक्षमण्डलका अध्यक्ष, नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अधिवेशनले निर्वाचित गरेका पदाधिकारी तथा सदस्यहरुको नामावली निर्वाचन समिति संयोजक गोपाल काफ्लेले वाचन गरेका थिए ।
जसअनुसार पार्टीको ४ नं. वडा कमिटीको अध्यक्षमा प्रदीप ‘मिलन’ खरेल, उपाध्यक्षमा कृष्णप्रसाद राजवंशी, सचिवमा भक्त घिमिरे र उपसचिव द्वयमा ऋषिराज रिजाल (कृष्ण) तथा योगमाया नेपाल सर्वसम्मत चयन भएका छन् ।
पार्टी विधानअनुसार संगठित सदस्य संख्याका आधारमा ३१ सदस्यीय वडा कमिटी बनाइएको छ । जसअनुसार कमिटीको सदस्यहरुमा मुनेश्वर साहा, विष्णुमाया पाठक, इच्छाबहादुर मिजार, विरिस धिमाल, लोकनाथ तिम्सिना, गणेश तामाङ, विष्णु गुरुङ, माधवराज अधिकारी र इन्द्रबहादुर गौतम रहेका छन् ।
यस्तै, नवनिर्वाचित सदस्यहरुमा नारायण मुखिया, दिनेशबाबु खड्का, कृति प्रसाई, केदारनाथ पौडेल, वर्षा थाम्सुहाङ, खगमाया सिलवाल (सिमा), रमा राजवंशी, मञ्जुकुमारी गणेश हुन् ।
वडा कमिटीमा मञ्जु राया, निर्मला ल्वागुन, बिना अधिकारी, देवीप्रसाद दाहाल, मेदनी पाठक, बिनोद श्रेष्ठ, जीवकला दवाडी (जुनु), डम्बर राई र हिमलाल प्रसाई निर्वाचित भएका संयोजक काफ्लेले घोषणा गरेका थिए ।
अधिवेशनले चन्द्रप्रसाद दाहालको अध्यक्षतामा वडा सल्लाहकार कमिटी बनाएको छ । सो कमिटीमा बिनोद गणेश र देवीनारायण न्यौपानेलाई सदस्य चयन गरिएको छ ।
बिर्तामोड नगर कमिटीको निर्णयानुसार यहाँका १० वटै वडाको दोस्रो अधिवेशन असार १४ गते सुरु भएको थियो ।