२०८१ फागुन १३, मङ्गलवार , ११:३३:३४ बजे

Sajhamanch
'

जन्मदिनको उपहार जीवन बीमा

बुधवार, असार १९, २०८१

झापा । दमक नगरपालिका वडा नं. ६ निवासी अमृता राईले आज असार १९ गते आफ्नो छोराको जन्मदिन प्रभु महालक्ष्मी लाइफमा जीवन बीमा गराएर मनाएकी छन् ।

मानिसको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न उत्सवहरु मध्ये आजकल जन्मोत्सवलाई पनि निक्कै महत्वका साथ मनाइन्छ । आफन्त साथीभाइलाई पार्टी भोज खुवाएर पनि जन्मोत्सव मनाउनेहरुका बीचमा अमृताको यो नौलो प्रयास हो ।

अमृताले छोरा ओसामको नाममा १० लाख रुपैयाँको जीवन किरण बीमा पोलिसी उपहार दिएकी हुन । शिक्षक तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्मा अभिकर्ता भई काम गर्दै भर्खरै एजेन्सी मेनेजर बनेकी राईले यो नयाँ अभ्यास थालेकी हुन् । उक्त कम्पनीको दमक शाखाको अभिकर्ता भेलामा जीवन बीमा भनेको अरुलाई मात्र गर्नुपर्छ भन्ने नभई पहिलो सुरक्षा सुविधा हामी आफैंले पनि लिनुपर्छ भन्ने सन्देश दिँदै जन्म दिनमा बीमा उपहार दिने कामको थालनी गरेकी हुन् ।

‘मानव जीवनमा जहिले पनि जोखिमहरु आउन सक्छन् अनि त्यस्तो जोखिमले अन्य कुराका अतिरिक्त आर्थिक सङ्कट जन्माउन सक्छ’ एजेन्सी म्यानेजर राईको भनाई छ ।

प्रभु महालक्ष्मी लाइफको जीवन किरण योजना एउटै बीमामा बच्चा र अभिभावक गरी दुई जनाको जोखिम बहन गर्ने र बचत निर्माण सङ्गै सुरक्षाको दृष्टिकोणले पनि निक्कै रुचाइएको प्रोडक्ट हो ।

यसमा ५० लाख रुपैयाँसम्म घातक रोग सुविधा, पूर्ण अपाङ्गता हुँदा सुविधा, कर्जा सुविधा र अभिभावक नै नरहँदा पनि बच्चाले आकर्षक रकम मासिक रुपमा निरन्त पाउने भएकाले पढाइ खर्चमा कमि हुन नदिने कम्पनीका दमक शाखा कर्मचारी सिताराम ढुङ्गेलले जानकारी दिए ।