
दाङ । तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
तुलसीपुर–१४ मटेराको बबई नदी तर्ने क्रममा आज बिहान स्थानीय १९ वर्षीया सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली परिचालन गरी बेपत्ता किशोरीको खोजी भइरहेको छ ।