२०८१ कार्तिक ६, मङ्गलवार , ११:१४:३१ बजे

Sajhamanch
'

शेयर बजारमा दोस्रो ‘सर्किट ब्रेक’, ४० मिनेटका लागि कारोबार बन्द

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शेयर बजारमा दोस्रो पटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक सर्किट ब्रेक लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ ।

आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि फेरि खुलेको शेयर बजार ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको हो । शेयर बजार १ सय २ अङ्कले बढेर २ हजार १ सय ५६ विन्दुमा पुगेर रोकिएको छ ।

अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

सम्बन्धित खबर