२०८१ कार्तिक ६, मङ्गलवार , ०३:५८:०५ बजे

Sajhamanch
'

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

मङ्गलवार, असार १८, २०८१

काठमाडौं। संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले बताए। भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौँ । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौँ ।’

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।

बर्तौलाले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उनले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौँ ।’

उनका अनुसार अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिनुहुनेछ ।

सम्बन्धित खबर